एमसीसीले माओवादी फुट्न सक्ने, प्रचण्ड बने दुई ढुंगाबिचको तरुल — OSNepal

एमसीसीले माओवादी फुट्न सक्ने, प्रचण्ड बने दुई ढुंगाबिचको तरुल

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठवन्धन र पार्टीका नेताहरुको बिचमा परेका छन् । एमसीसीको विषयले गर्दा यति नेपाली राजनीति क्षेत्रमा तरंग नै पैदा गरेको छ ।

अध्यक्ष प्रचण्ड यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै केहि संधोन गर्ने पक्षमा रहेका छन् । माओवादीका अन्य केहि नेताहरु भने एमसीसीको पुरै विपक्षमा उभिएका छन् । अध्यक्ष प्रचण्ड यति बेला दुई ढुंगाबिचको तरुल बनेका छन् ।

एमसीसीले कतै पार्टी त फुट्ने होइन भन्ने डरमा अध्यक्ष प्रचण्ड तनावमा देखिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ नदिए गठवन्धन फुट्ला भन्ने डर साथ दिए पार्टी फुट्ने डर माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ,कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ्गहरुले एमसीसीको विरोध गर्दै कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै आएका छन् ।

पार्टीमा सहमति नगरी प्रचण्ड अगाडी बढे ठुलो दुर्घटना हुने सम्भावना बढेको छ । देउवा एमसीसी पारित गरेरै छाड्ने तयारीमा लागेका छन् । यता केपी ओलीसँन्ग मिलेर पनि देउवा एमसीसी पारित गर्न अगाडी बढिसेकका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर