ब्रेन्टफोर्डलाई हराउँदै एभर्टन एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश — OSNepal

ब्रेन्टफोर्डलाई हराउँदै एभर्टन एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

LC (KTM) February 05, 2022 0

ब्रेन्टफोर्ड माथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराउँदै एभर्टन सहज रुपमा पाँचौं चरणमा प्रबेश गरेको हो । एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले एक एक गोल योगदान दिए ।ब्रेन्टफोर्डका इभान टोनीले एक गोल फर्काए । जितसँगै मुख्य प्रशिक्षकका रुपमा फ्रान्क लाम्पार्डले एभर्टनमा उत्कृष्ट सुरुवात गरेका छन् ।लाम्पार्डले आफ्नो पहिलो खेलमै क्लबलाई जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर