म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश — OSNepal

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

LC (KTM) February 05, 2022 0

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले पराजित गर्दै सिटी अन्तिम १६ मा प्रबेश गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता फुलहमले लिए पनि त्यसलाई उल्टाएर सिटीले जित निकालेको हो ।

खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै फुलहमलाई सुरुआती अग्रता दिलाएका थिए । तर, छैटौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको १३ औं मिनेटमा जोन स्टोन्स, ५३ औं मिनेटमा रियाद महरेज, ५७ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाएका हुन् । क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर