सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा — OSNepal

सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा

LC (KTM) February 06, 2022 0

काठमाडौं, २३ माघ -म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो ।

घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो ।

तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउदा पुनरागमन गर्दै सहज जित निकाल्यो । अर्को खेलमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ अन्तरले पराजित गर्दै चेल्सी विजयी भयो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको आठौं मिनेटमा मेकोउले गिलेस्फेले गोल गर्दै भ्रमणकारी टोली प्लेमाउथलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर कप्तान सेजर एज्पिलिक्वेटा र मार्कोस अलन्सोले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

यस्तै टोटनहमले ब्राइटनलाई ३-१ ले पराजित गर्यो । टोटनहमको जितमा ह्यारी केनले दुई गोल गरे भने एक गोल आत्माघाती पायो ।

अर्को खेलमा फ्रान्क लाम्पार्टले म्यानेजरको रुपमा सुखद सुरुआत गर्दा एभर्टनलले ब्रेन्टफोर्डलाई ४-१ अन्तरले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर