जुवामा ६४ करोड हारेपछि यी व्यापारीले दिए सबैलाई चकित पार्ने प्रतिक्रिया — OSNepal

जुवामा ६४ करोड हारेपछि यी व्यापारीले दिए सबैलाई चकित पार्ने प्रतिक्रिया

LC (KTM) February 07, 2022 0

काठमाडौं । जुवामा लाखौँ रुपैयाँ हारेको तपाई हामीले देखेका छौँ । तर करोडौँ रुपैयाँ हारेर टाट पल्टेका उदाहरुहरु पनि बेला बेलामा समाचारमा देखेका पढेका हुन्छैँ । जसमध्येको पछिल्लो भाइरल खबर हो मलेसियाको ।

मलेसियाका व्यापारी लिम हान जोहले लन्डनमा एक क्यासिनोमा जुवा खेलेर ६४ करोड रुपैयाँ गुमाएपछि उनी अहिले नराम्रो कामले संसारभर भाइरल बनेका छन् । उनले ६४ करोड रुपैयाँ गुमाएपछि आफ्नो हारको कारण क्यासिनोलाई जिम्मेवार ठहराएका छन् । यति मात्रै होइन उनले क्यासिनोविरुद्ध मुद्दा नै दर्ता गराउन पुगेको बताइएको छ ।

जोहले २०१५ मा मलेसियाबाट लन्डन व्यवसायीक भ्रमणका क्रममा उक्त ठूलो रकम हारेपछि क्यासिनोमाथिनै जाइलागे को समाचारमा जनाइएको छ । क्यासिनोको गल्तीबाट आफ्नो ठूलो सम्पत्ति गुमेको उल्लेख गर्दै उनले आफूले जुवा खेलेर त्यत्रो पैसा हार्दा पनि क्यासिनोले नरोकेको भन्दै सबैलाई चकित पारे ।

ठूलो रकम हार्दा क्यासिनोले रोक्नु पर्ने उनको भनाई छ । मलेसियाका सर्वाधिक धनी व्यापारी जोहको लन्डनमा पनि व्यबसाय र ठूलो सम्पत्ति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर