काठमाडौंको कपनबाट ब्राउन सुगरसहित २२ वर्षीय पासाङ र २७ वर्षीय खगेस समातिए — OSNepal

काठमाडौंको कपनबाट ब्राउन सुगरसहित २२ वर्षीय पासाङ र २७ वर्षीय खगेस समातिए

LC (KTM) February 07, 2022 0

काठमाडौं, २४ माघ – लागूऔषध ब्राउन सुगरसहित प्रहरीले काठमाडौंको कपनबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्‍ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाइ घर भई बुढानीलकण्ठ नगरपालिका १० कपन आकासेधारा बस्‍ने २७ वर्षीय खगेस खत्री रहेका छन् ।

महानगरी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई सोमबार ६ ग्राम ब्राउ सुगरसहित पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर