चर्चित फुटबलर रोनाल्डो इन्ष्टाग्राममा ४ सय मिलियन फलोअर्स पाउने पहिलो ब्यक्ति बन्न सफल — OSNepal

चर्चित फुटबलर रोनाल्डो इन्ष्टाग्राममा ४ सय मिलियन फलोअर्स पाउने पहिलो ब्यक्ति बन्न सफल

LC (KTM) February 07, 2022 0

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा आफ्नो रेकर्ड बनाएका छन् । उनी ४०० मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बनेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पुगे संगै रेकर्ड बनाएका हुन् । यस अघि कुनैपनि व्यक्तिको फलोअर्स ४०० मिलियन पुगेको थिएन ।

रोनाल्डो ४०० मिलियन फलोअर्स पाउने पहिलो खेलाडी समेत बनेका छन् । ३७ वर्षीय रोनाल्डोले इन्स्टाग्राममा ५०० लाई फलो गरेका छन् । यस अघि रोनाल्डो सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा गरि ५०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका थिए ।रोनाल्डो अघि सामाजिक संजालमा कुनैपनि खेलाडीको ५०० मिलियन फलोअर्स पुगेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर