रोमालाई पराजित गर्दै काेपाकाे सेमिफाइनलमा पुग्याे इन्टर — OSNepal

रोमालाई पराजित गर्दै काेपाकाे सेमिफाइनलमा पुग्याे इन्टर

LC (KTM) February 09, 2022 0

काठमाडौं, २६ माघ । इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार रातिकाे खेलमा इन्टरले राेमालाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए ।

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए ।

पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ ।

अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर