रबी चम्किदा ए डिभिजन लिगमा पुलिसको शानदार जित — OSNepal

रबी चम्किदा ए डिभिजन लिगमा पुलिसको शानदार जित

LC (KTM) February 09, 2022 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब बिजयी भएको छ । बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई दुई एक गोल अन्तरले पराजित गर्दै पुलिसले जित निकालेको । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे ।

च्यासलका मौसा अबागानाले सान्त्वना स्वरुप एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् । प्रतिस्पर्धात्मक बनेको खेलको ३७ औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको ७० औं मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई दुई एकको जित दिलाए । यस जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर