चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश, उपाधीका लागि ब्राजिल संग भिड्दै — OSNepal

चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश, उपाधीका लागि ब्राजिल संग भिड्दै

LC (KTM) February 09, 2022 0

सउदी अरबलाई हराउँदै इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे ।

लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई दुई शुन्य गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ । क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर