जनता सेभेन पबित्रहाङमा कपको क्वाटरफाइनलमा — OSNepal

जनता सेभेन पबित्रहाङमा कपको क्वाटरफाइनलमा

LC (KTM) February 10, 2022 0

जनता सेभेन स्पोर्टिङ क्लब सूर्योदय नगरपालिका इलामको माङसेबुङमा जारी १२ औ संस्करणको पबित्रहाङमा कप खेलकुद प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेल मैदानमा हिजो भएको खेलमा कन्काई नगरपालिका झापालाई १–० गोलले पराजित गर्दै जनता सेभेन क्वाटरफाईनलमा प्रबेश गरेको हो ।

पहिलो हाफमा गरिमा राईले गरेको गोल नै खेलको निर्णायक बन्यो । अब सेमीफाइनल प्रवेशका लागि उसले भोली अर्थात माघ २८ गते माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीसंग प्रतिस्पर्धा गर्नेछ । हिजोको खेलमा गोल गर्ने गरिमा राईले खेलको वुमन अफ दि म्याच हुदै नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिता अन्र्तगत आज रोयल स्पोर्टिङ क्लब दमक झापा र केराबारी गाउँपालिका खेलकुद समिति मोरङ बिच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर