ह्वात्तै बढ्यो दुधको मूल्य — OSNepal

ह्वात्तै बढ्यो दुधको मूल्य

LC (KTM) February 10, 2022 0

काठमाडौ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डीडीसी०ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६।५२ रुपियाँ वृद्धि गरी ५६।०४ रुपियाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९।५२ रुपियाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको आजको गोरखापत्र दैनिकमा छ । लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो ।

डीडीसीले उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ थिया । त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ । वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर ६।५२ रुपियाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर२।४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको छ ।

उद्योगीले प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने माग गरेका थिए । १० रुपियाँमध्ये सात रुपियाँ किसानको हुने र तीन रुपियाँ उद्योगीको हुने पस्ताव गरिएको थियो । यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर