कालीकोटको सदरमुकाम खाँडाचक्रमा खानेपानीको अभाव — OSNepal

कालीकोटको सदरमुकाम खाँडाचक्रमा खानेपानीको अभाव

LC (KTM) February 10, 2022 0

मान्म, २७ माघ – कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो ।खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिनुभयो । “खानेपानीको उचित वितरण नहुँदा खानेपानीको बजारमा अभाव रहेको छ”, उहाँले भन्नुभयो । खानेपानीको अभाव हँुदा टाढाबाट बोकेर खानेपानीको जोहो गर्नुपरेको नेपालीले बताउनुभयो । “ धारामा नियमित पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको अभाव भएको छ”, उहाँले भन्नुभयो

खानेपानी वितरणमा केही समस्या आएको र यसको चाँडै समस्या समाधान गरिने मान्म खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताउनुभयो । “विगत केही दिनदेखि वितरण प्रणालीमा समस्या आउँदा खानेपानीको अभाव भएको छ”, उहाँले भन्नुभयो, “खानेपानी नियमित बनाउन यसका निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गरिनेछ ।”

टाढाबाट खानेपानी सदमुकाममा ल्याइएको र पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव रहने गरेको उपभोक्ता समितिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । “हामी टाढाबाट खानेपानी ल्याएर सदरमुकाममा रहेको ट्याङकीमा खसालेर खानेपानीको वितरण गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ टाढाबाट ल्याइएका पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव हुने गरेको छ ।”त्यस्तै, नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल कालीकोटले सदरमुकामा भएको खानेपानी अभावलाई तत्काल समाधान गर्न आग्रह गरेको छ । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर