ललितपुरको लेलेमा सडक छेउमा पार्किङ गरि राखेको ट्याक्सी भित्र ४८ वर्षीय चालक वीरबहादुर मृत अवस्थामा फेला — OSNepal

ललितपुरको लेलेमा सडक छेउमा पार्किङ गरि राखेको ट्याक्सी भित्र ४८ वर्षीय चालक वीरबहादुर मृत अवस्थामा फेला

LC (KTM) February 10, 2022 0

ललितपुर २७ माघ । ललितपुरमा एक ट्याक्सीभित्रै चालक मृत अवस्थामा फेला परेका छन् ।

आज बिशान गोदावरी नगरपालिका–५ स्थित लेले भञ्ज्याङको सडक छेउमा पार्किङ गरेको राखिएको आफ्नै ट्याक्सीभित्र ति चालक मृत अवस्थामा फेला परेकोे प्रहरीले जनाएको छ ।

स्थानीयले ट्याक्सीभित्रै शव देखेपनि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दिएको जानकारी अनुसार मृतक बागमती गाउँपालिका वडा नम्बर ६ घर भइ तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन रहेका छन् ।

शव फेला परेको ट्याक्सी बाहिर विषको बट्टा समेत भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर