बर्दियामा दुलही पुर्याएर फर्केको ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु,१७ जना घाइते — OSNepal

बर्दियामा दुलही पुर्याएर फर्केको ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु,१७ जना घाइते

LC (KTM) February 12, 2022 0

बर्दिया, २९ माघ-बर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पु¥याएर फर्कने क्रममा भे२त १३१६ नंको ट्र्याक्टर आज अपराह्न २ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।

ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको र दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एकजनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर