हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन — OSNepal

हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन

LC (KTM) February 13, 2022 0

हेटौँडा, १ फागुन- नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरूको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ ।

हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरूको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो ।

सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउदै एमसीसीलाइ टुंगो नलाग्दासम्म आफूहरू आन्दोलित भइराख्ने चेतावनी दिए ।

विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर