महाभियोगबारे छलफल गर्न बालकोटमा नेकपा एमालेको सचिवालय बैठक सुरु — OSNepal

महाभियोगबारे छलफल गर्न बालकोटमा नेकपा एमालेको सचिवालय बैठक सुरु

LC (KTM) February 13, 2022 0

काठमाडौं, १ फागुन-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध सत्ता गठबन्धनले अकस्मात महाअभियोग ल्याएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बैठक सुरू भएको हो । महाभियोग प्रकरणबारे धारणा बनाउन संसदीय दलको बैठक अघि सचिवालय बैठक बोलाइएको छ ।

एमालेले भोलि ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सहभागी हुन एमालेले सांसदलाई आज बेलुकासम्म काठमाडौं आइपुग्न निर्देशनसमेत जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर