रक्षा मन्त्रालयको सुरक्षा क्षेत्रभित्र लुसुक्क छिरेको भन्दै कुखुरा पक्राउ, अनुसन्धान जारी — OSNepal

रक्षा मन्त्रालयको सुरक्षा क्षेत्रभित्र लुसुक्क छिरेको भन्दै कुखुरा पक्राउ, अनुसन्धान जारी

LC (KTM) February 15, 2022 0

काठमाडौँ । रक्षा मन्त्रालयको सुरक्षा क्षेत्रभित्र लुसुक्क छिरेको भन्दै कुखुरालाई नियन्त्रणमा लिइएको छ । खबर हो अमेरिकाको पेन्टागनको ।

सोमबार बिहानै उक्त पोथी रक्षा मन्त्रालय परिसर क्षेत्रमा देखा परेसँगै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताइएको छ ।

स्थानीय जनावर कल्याण संस्थाका अनुसार उक्त कुखुरालाई रक्षा मन्त्रालयका अधिकारी वा सेनाले होइन जनावर कल्याण संस्थाका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । यद्यपी यस विषयमा अहिलेसम्म थप जानकारी बाहिर आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर