साफ यू १८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक — OSNepal

साफ यू १८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

LC (KTM) February 15, 2022 0

साफ यू १८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ साफले  भारतमा आयोजना हुने यू १८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो ।भारतको जमशेदपुरमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ ।दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।शीर्ष टोलीले उपाधि जित्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर