एम्बाप्पे चम्किदा पीएसजीले रियल मड्रिडलाई हरायो — OSNepal

एम्बाप्पे चम्किदा पीएसजीले रियल मड्रिडलाई हरायो

LC (KTM) February 16, 2022 0

काठमाडौं, ४ फागुन-इन्जुरी समयको अन्तिम मिनेटमा केलीयन एम्बाप्पेले गरेको गोलसँगै पेरिस सेन्ड जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसको जितसँगै फ्रेन्च क्लब पीएसजीले भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलविरूद्ध महत्त्वपूर्ण तीन अंक पायो । जितसंगै पीएसजी क्वाटर फाइनल नजिक रह्यो । दोस्रो लेग रियलको घरेलु मैदानमा २२ फेब्रुअरीमा हुनेछ ।

फ्रेन्छ फरवार्ड एम्बाप्पेले ४ मिनेटको इन्जुरी समयमा बैकल्पिक खेलाडी नेयमारको पास सदुपयोग गर्दै गोल गरे । नेयमार गत नोभेम्बर पछि मैदान फर्किएका हुन् ।खेलको ६२औं मिनेटमा पीएसजीले पेनाल्टी गोलबाट अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनी स्टार लिओनल मेस्सीको प्रहार रियल गोलरक्षकले रोके ।यस अघि खेलमा पीएसजीले पोसेसनमा आफ्नो दबदबा कायम राखे पनि फिनिसिङमा चुक्न पुगेको थियो । रियल भने पूरा समय डिफेन्समा ब्यस्त रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर