४३७ जनामा संक्रमण पुष्टि , २ हजार ४५४ जना, निको २ जनाको मृत्यु — OSNepal

४३७ जनामा संक्रमण पुष्टि , २ हजार ४५४ जना, निको २ जनाको मृत्यु

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ ।

साथै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४५४ रहेको छ ।
। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ९ लाख ४८ हजार ७८४ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर