मुग्लिनदेखि पोखरा सडक खण्ड विस्तार गर्दा वातावरणीय पक्षलाई ध्यान दिन आग्रह — OSNepal

मुग्लिनदेखि पोखरा सडक खण्ड विस्तार गर्दा वातावरणीय पक्षलाई ध्यान दिन आग्रह

LC (KTM) February 18, 2022 0

काठमाडौँ, ६ फागुन-नेपाल वातावरण पत्रकार समूहले पछिल्ला दिनमा विभिन्न विकास आयोजनामा वातावरणीय पक्षलाई नजरअन्दाज गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।समूहले पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक विस्तार तथा चितवनको टिकौली क्षेत्रको सडक निर्माणका क्रममा लापरबाही र वातारणीय पक्षलाई वेवास्ता गरिएको भन्दै चिन्ता व्यक्त गरेको हो । वन्यजन्तु कोरिडोरमा सडक निर्माणको क्रममा आवागमनलाई व्यवस्थित गर्न अण्डरपास जस्ता वातावरणमैत्री संरचनाको निर्माण गर्ने कदमको भने स्वागत गरेको छ ।

घटनाबारेमा जिम्मेवार सडक विभाग र राज्यका अन्य निकायले समयमै सत्यतथ्य सार्वजनिक गर्ने, दोषीलाई विद्यमान कानुनको कठघरामा उभ्याउनुको साटो छानबिनका नाममा आलटाल गर्ने, एक अर्कामाथि दोष थोपार्ने र निर्माण व्यवसायीको दोष देखाउने लहर चलेको छ ।

समूहका अध्यक्ष कसमस विश्वकर्माले आज विज्ञप्तिमार्फत विकास आयोजना वातावरणमैत्री बनाउन र तिनको कार्यान्वयनका क्रममा वातावरणीय कानुनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गर्नुभएको छ । समूहले सडक आयोजनामा लगानी गरिरहेको एशियाली विकास बैंकको नेपाल कार्यालयलाई वातावरण व्यवस्थापन योजना कार्यान्वयनमा ध्यानाकर्षण गराएको छ । त्यसैगरी चितवनको टिकौली क्षेत्रमा गैंडा मारिएको घटनाको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही अघि बढाउन माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर