१७ वर्षीय छोराले आफ्नै बाबुको हत्या — OSNepal

१७ वर्षीय छोराले आफ्नै बाबुको हत्या

LC (KTM) February 19, 2022 0

संखुवासभा ७ फागुन । सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको आफ्नै साइँला छोराले हत्या गरेका छन् ।

संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोराले दलबहादुरको हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन । घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर