प्रधानमन्त्रीका सल्लाहकारले भने- एमसीसी टेबुल गर्ने सहमति भयो — OSNepal

प्रधानमन्त्रीका सल्लाहकारले भने- एमसीसी टेबुल गर्ने सहमति भयो

LC (KTM) February 20, 2022 0

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने सहमति भएको जानकारी दिएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने सहमति भएको सल्लाहकार परियारले जानकारी दिए ।

अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिएको थियो । गठबन्धनभित्र मतभेद देखिँदा संसद बैठकमा पेस हुन सकेको छैन । तर, आइतबार बिहान बसेका पाँचदलीय गठबन्धन बैठकले सो निर्णय गरेको हो ।

गठबन्धन बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई सहभागी थिए । प्रतिनिधिसभाको बैठक आइतबार (आज) दिउँसो १ बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर