हामीलाई गठबन्धन बैठकमा बोलाउनै छाडे भन्दै गर्जिए चित्रबहादुर केसी — OSNepal

हामीलाई गठबन्धन बैठकमा बोलाउनै छाडे भन्दै गर्जिए चित्रबहादुर केसी

LC (KTM) February 20, 2022 0

काठमाडौं, ८ फागुन – पाँच दलीय सत्तारुढ गठबन्धन घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गरेका छन् ।

एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले न्युज कारखानालाई जानकारी दिए ।

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’

केसी एमसीसीको विपक्षमा छन् । उनको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ ।

गठबन्धनका शीर्ष नेताले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव सदनमा पेस गर्ने आइतबार सहमति गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर