बिपरित दिशाबाट आउँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकल चालक अर्जुनको मृत्यु — OSNepal

बिपरित दिशाबाट आउँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकल चालक अर्जुनको मृत्यु

LC (KTM) February 21, 2022 0

काठमाडौं, ९ फागुन-दाङको घोराही उपमहानगरपालिका–३ भानपुरचोकमा सोमबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ कुहिरेपानीका १९ वर्षीय अर्जुन खड्का रहेका छन् । खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान पौने ७ बजे घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर