अध्यक्ष ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी पदक प्रदान — OSNepal

अध्यक्ष ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी पदक प्रदान

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ बाट सम्मानित भएका छन् ।

सोमबार सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा अध्यक्ष ओलीलाई प्रवर्द्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो ।

नेपाल स्काउट राष्ट्रिय समितिका संयोजक लोकबहादुर भण्डारी दिएको जानकारी अनुसार ओलीले आफु प्रधानमन्त्री हुँदा नेपाल स्काउट र यसका गतिविधिलाई देशैभरी विस्तार गर्न नीतिगत तथा आर्थिक सहयोग बताएका छन् ।

नेपाल स्काउटका संरक्षक ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् ।
आफु प्रधानमन्त्री भएको समयमा ओलीले ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम शुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर