रावलको प्रश्न :देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो? — OSNepal

रावलको प्रश्न :देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो?

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । नेकपा एमालेका नेता भीम रावलले देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको भन्दै प्रश्न गरेका छन् ।

संसद बैठकमा एमसीसीको विषयमा बोलेको भन्दै एमालेले आपत्ती जनाएपछि उनले यस्तो प्रश्न गरेका हुन् ।

जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र वाह्य हस्तक्षेप विरूद्ध बोल्दा कम्युनिष्ट पार्टीले ‘स्पष्टीकरण सोध्नु भन्दै उनले आफ्ने पार्टी एमाले प्रति आक्रोश पोखेका छन् ।

वाह्य हस्तक्षेप विरूद्ध बोल्दा कम्युनिष्ट पार्टीले ‘स्पष्टीकरण सोध्नु पर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो होरु उनले प्रश्न गरेका छन् ।

जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र वाह्य हस्तक्षेप विरूद्ध बोल्दा कम्युनिष्ट पार्टीले ‘स्पष्टीकरण सोध्नु पर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?

उनले अघि भनेका छन् , ‘के अब देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो’?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर