लोसपाका शीर्ष नेताहरूको बैठक सकियो, यी विषयमा अध्यक्ष ठाकुरले राखे प्रस्ताव — OSNepal

लोसपाका शीर्ष नेताहरूको बैठक सकियो, यी विषयमा अध्यक्ष ठाकुरले राखे प्रस्ताव

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । आज मंगलबार बसेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरूको बैठक सकिएको छ । बैठक पार्टी केन्द्रिय कार्यालय बबरमलमा बसेको हो । बैंठकमा वर्तमान राजनीतिका समसामयिक विषयवस्तुमा छलफल भएका बैठकमा सहभागी एक नेताले जनाएका छन् ।

बैठकमा अमेरिकी परियोजनाा एमसीसी , पार्टीको आन्तरिक संरचना निर्माण र समसामयिक विषयवस्तुमा छलफलका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्ताव राखेका थिए ।

उक्त बैठकमा सबैले आ आफ्नो धारणा राखेपछि मात्र बैठकको निणर्य सार्वजनिक गर्ने लोसपाले जनाएको छ ।

बैठकमा अध्यक्ष ठाकुर सहित वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, नेताहरू अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्णलगायतको सहभागीता रहेको थियो ।

बैठक भोली बुधबार पनि बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर