वैध -राष्ट्रहित विपरीत एमसीसी किन टेबल गरेको ?, प्रचण्ड : नगर्ने भन्दा भन्दै टेबल गरे , अब भोट हाल्दैनौं भनेका छौं — OSNepal

वैध -राष्ट्रहित विपरीत एमसीसी किन टेबल गरेको ?, प्रचण्ड : नगर्ने भन्दा भन्दै टेबल गरे , अब भोट हाल्दैनौं भनेका छौं

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेट्न नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरण प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

प्रचण्ड र वैधबिच एमसीसीको विषयमा छलफल भएको छ । भेटमा वैधले एमसीसी जस्तो राष्ट्रघाती परियोजना देशको हितमा नभएको भन्दैै संसदमा किन टेबल गर्न दिएको भन्दै अध्यक्ष प्रचण्डलाई प्रश्न गरेका छन् ।

जवाफमा अध्यक्ष प्रचण्डले भने , ‘एमसीसी टेबल नगर्ने भन्दा भन्दै टेबल गरे । अब भोट हाल्दैनौं भनेका छौं ।’ साथै वैधले एमसीसीको विरोध पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको रिहाइ गर्न समेत आग्र गरेका छन् ।

वैध पार्टीका नेताद्वय बसन्त बोगटी र सुनिता बुढाथोकी प्रहरी हिरासतमा रहेका छन् ।
वैधले विज्ञप्ती नै जारी गरी पक्राउ परेका कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेका छन् ।

‘अमेरिकी हिन्द–प्रशान्त रणनीतिको अभिन्न अंग रहेको राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै हाम्रो पार्टी लगायत ६ वटा कम्युनिस्ट पार्टी र २ ओटा मोर्चाको संयुक्त आह्वानमा गत फागुन ८ गने आयोजना गरिएको शान्तिपूर्ण नेपाल बन्द कार्यक्रमको सन्दर्भमा गिरफ्तार गरिएका हाम्रो पार्टीका केन्द्रीय सदस्य बसन्त बोगटी र सुनिता बुढाथोकीलगायत अन्य विभिन्न पार्टीसँग आबद्ध दर्जनौं कार्यकर्तालाई कथित अभद्र व्यवहारको झुट्टा मुद्दा लगाई देउवा नेतृत्वको गठबन्धन सरकारले जेल चलान गर्ने कुचेष्टा गरेको छ ।’

‘अमेरिकी साम्राज्यवादलाई खुसी पार्न गरिएको यस प्रकारको अनैतिक र पूर्वाग्रही कामको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ र उहाँहरुमाथि लगाइएका झुट्टा मुद्दाको खारेजी गरी उहाँहरुको अविलम्ब एवम् निशर्त रिहाइका लागि जोडदार माग गर्दछ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर