एमसीसी सम्झौता अनुमोदन गराउने विषयमा आफ्ना सांसदहरूलाई निर्देशन दिन लोसपाले बोलायो संसदीय दलको बैठक — OSNepal

एमसीसी सम्झौता अनुमोदन गराउने विषयमा आफ्ना सांसदहरूलाई निर्देशन दिन लोसपाले बोलायो संसदीय दलको बैठक

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । लोकतान्त्रिक समाजवादी पार्टीको मंगलबार बसेको बैठले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रिय कार्यालय बबरमलमा बसेको शीर्ष नेताहरूको बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो । बैठक भोली बुधबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

एमसीसी अनुमोदन गराउन आफ्ना सांसदलाई निर्देशन दिन बैठक बोलाइएको बुझिएको छ । साथै भोली बस्ने संसदीय दलको बैठकमा पार्टीको विधानमाथि परिमार्जन गरेर आएको ‘ड्राफ्ट’माथि छलफल गरिने समेत बताइएको छ ।

आजको बसेको बैठकमा बैठकमा अमेरिकी परियोजनाा एमसीसी , पार्टीको आन्तरिक संरचना निर्माण र समसामयिक विषयवस्तुमा छलफलका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्ताव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर