एमसीसी पास गरी गठवन्धन जोगाउन आग्रह गर्दै देउवाको दुतमा बनेर गृहमन्त्री खाँड पुगे प्रचण्ड निवास — OSNepal

एमसीसी पास गरी गठवन्धन जोगाउन आग्रह गर्दै देउवाको दुतमा बनेर गृहमन्त्री खाँड पुगे प्रचण्ड निवास

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । गृहमन्त्री बालकृष्ण खाँडले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान गृहमन्त्री खाँड प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।

भेटमा खाँडले एमसीसी पास गरी गठवन्धन जोगाउन आग्रह गरेका छन् । भोली बिहिबार बस्ने संसद बैठकमा सरकारले एमसीसीको विषयमा छलफल गर्ने भएको छ ।

सत्ता साझेदार माअ‍ोवादी र नेकपा एकिकृत समाजवादी पार्टी भने एमसीसीको विपक्षमा मतदान गर्ने निणर्य गरेको छ । खाँणले प्रचण्डलाई सत्ता गठबन्धन जोगाउन र सरकारले टेबल गरेको एजेण्डामा साथ दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा गठवन्धन जोगाएर एमसीसी पास गर्ने तयारीमा लागी परेृका छन् । विपक्षमा मतदान गरे गठवन्धन टुट्ने महामन्त्री गगन थापाले बताइसकेका छन् । उता देउवाले एमालेसँग पनि यस विषयको छलफललाई प्राथमिकता दिएका छन् ।

एमसीसी पास गर्न समर्थन गर्नुपर्यो भन्दै मंगलबार एमाले अध्यक्ष केपी ओलीलाई आग्रह समेत गरेका थिए । तर, ओलीले आफ्नो माग पुरा नभए सम्म प्रस्ताव स्विकार गर्न नसक्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर