एमसीसी पास गर्ने कुकर्म गरे त्यस्ताहरूलाई नेपाली जनता र इतिहासले देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् : रावल — OSNepal

एमसीसी पास गर्ने कुकर्म गरे त्यस्ताहरूलाई नेपाली जनता र इतिहासले देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् : रावल

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । नेकपा एमालेका नेता भीम रावलले एमसीसी पास गरे नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने बताएका छन् ।

एमसीसीको विपक्षमा रहेका नेता रावलले एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् भनेका छन् ।

कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमसीसीको जस्तो सम्झौता जुनै देशले दिएपनि आँखा चिम्लेर लिने बताएका थिए ।

सोही विषयलाई लिएर नेता रावलले एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर पारित गर्नु राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास हुने बताएका हुन् ।

‘एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् । त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर