घट्यो सुनको मूल्य,प्रतितोला कति पुग्यो ? — OSNepal

घट्यो सुनको मूल्य,प्रतितोला कति पुग्यो ?

LC (KTM) February 23, 2022 0

काठमाडौँ, ११ फागुन -सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर