फागुन १३ गते एमसीसी अनुमोदन गर्ने सरकारको तयारी, देउवाको साथ गठवन्धन दल कि एमाले ? — OSNepal

फागुन १३ गते एमसीसी अनुमोदन गर्ने सरकारको तयारी, देउवाको साथ गठवन्धन दल कि एमाले ?

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । सरकारले फागुन १३ गतेसम्म अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता टेबल गर्ने तयारीमा लागेको छ । अमेरिकाले फागुन १६ गते सम्मको समय दिएको छ ।

गठवन्धनमा कुरो नमिल्दा प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाको दौडधुप बढेको छ । सत्तासाझेदार दलहरु सम्झौताको विपक्षमा उभिदा संकटमा परेका देउवा गठवन्धन तोडेर भएपछि एमसीसी पारित गर्न लागि परेका छन् ।

कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार भोली बस्ने संसद बैठकमा छलफल पछि सम्झौताको निणर्यमा पुगिने बुझिएको छ । अब संसद बैठक नलम्ब्याइ जति सक्दो चाँडो एमसीसी पास गर्न सरकार लागि परेको छ ।

एमसीसीको विषयमा समर्थन गराउन देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल बढाएका छन् । सम्भव भए फागुन १२ गते नै र नभए १३ गते छलफलपश्चात् सम्झौता संसद्मा निणायार्थ पेस गर्ने सरकारको तयारी भएको बुझिएको छ ।

संसद बैठक जति लम्बियो त्यति नै विरोधमा सडकमा नागरिक उत्रने भय सरकारलाई भएकालेले जतिसक्दो चाँडो पारित गराउन लागी परेको ति नेताले बताएका छन् ।

‘संसद् अवरुद्ध छ, त्यसकारण एमाले बोल्दैन । माओवादी र समाजवादी बोल्ने कुरै भएन । बोल्ने भनेको त्यही एकजना भीम रावल र प्रेम सुवाल हो । उनीहरूलाई हामी दुईजनाजति बोलेर जवाफ दिइहाल्छौँ । अनि एमसीसी अनुमोदन हुन्छ,’ ति नेताले भनेका छन् ।

एमसीसी त १३ गते नै निचोडमा पुर्याउने सरकारको तयारी रहेको उनले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर