फागुन १३ गते नेकपा एसले एमसीसीको विषयमा खुल्ला बहस गर्दै, कार्यक्रम प्रज्ञा भवन कमलादीमा आयोजना गरिने — OSNepal

फागुन १३ गते नेकपा एसले एमसीसीको विषयमा खुल्ला बहस गर्दै, कार्यक्रम प्रज्ञा भवन कमलादीमा आयोजना गरिने

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीले अमेरिकी परियोजना एमसीसीको विषयमा खुला बहस गर्ने भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा एमसीसीको विषयमा खुला बहस हुने भएको हो । कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको पनि उनले जानकारी दिएका छन् ।

पार्टीभित्र एमसीसीको विषयलाई लिएर विवाद र्सिजना भएपछि शुक्रबार पार्टीले खुल्ला बहस गर्ने भएको हो । संसदमा आइतबार टेबल भएपछि नेकपा एसमा विवाद सुरु भएको हो ।

संसदमा एमसीसी टेबल भएपछि विपक्षमा मतदान गर्ने भन्दै आएको नेकपा एसले विरोध कार्यक्रम पनि गर्दै आएको छ ।

तथापी , भोली बिहिबार बस्ने संसदमा बैठकमा एमसीसीको विषयमा छलफल हुने र १३ गते सम्म अनुमोदन गर्ने कांग्रेस सरकारको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर