आफ्नै पार्टीप्रति अशन्तुष्ट भएकी मन्त्री झाँक्रीले भनिन् - कि सरकार छोडौं कि सडकमा नजाऔं — OSNepal

आफ्नै पार्टीप्रति अशन्तुष्ट भएकी मन्त्री झाँक्रीले भनिन् – कि सरकार छोडौं कि सडकमा नजाऔं

LC (KTM) February 23, 2022 0

चितवन ११ फागुन । सहरी विकासमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीकी नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विषयमा दोहोरो भुमिका नखेल्न आफ्नो पार्टीलाई सुझाव दिएकी छन् ।

पत्रकारसँग कुराकानीमा मन्त्री झाँक्रीले सरकारमा बसेर सरकारको विरोध गर्नु उचित नभएको बताएकी हुन् । ‘कि त सरकार छोडेर सडकमा जानु परयो कि सरकारमा बसेर सडकमा जानु भएन ।’ उनले भनिन् ।

पार्टी अध्यक्ष माधव नेपालले संसदमा एमसीसी टेबल गर्न दिएपछि नेकपा एस दुई धारमा विभाजन भएको छ ।

सत्ता चाहिने, सरकारको काममा पनि विरोध गर्नु उपर्युत नभएको बताएकी छन् । ‘विरोधाभाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।’ उनले अघि भनेकी छन् ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै बताएकी उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने स्पष्ट समेत पारेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर