रूसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता हुन सक्तैन : पूटिन — OSNepal

रूसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता हुन सक्तैन : पूटिन

LC (KTM) February 24, 2022 0

मस्को-राष्ट्रपति भ्लादिमिर पूटिनले रूसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ । यूक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै यूक्रेनसहित उसका पश्चिमा सहयागी मुलुकहरूले रुसमाथि आरोप लगाएको बेला पूटिनले भिडिओ सम्बोधनमार्फत् देशको सुरक्षा र स्वार्थ विपरीत सम्झौता गर्न नसकिने बताउनु भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रूसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घण्टामा पूटिनको पछिल्लो प्रतिक्रिया आएको हो । पूटिनले रुस सधैँ ‘सिधा र खुलस्त संवादका लागि तयार रहेको’ बताउनुभएको छ । सेनामा पूर्ण विश्वास रहेको कुरासमेत आफ्नो सम्बोधनमा उहाँले बताउनुभएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर