हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) February 24, 2022 0

काठमाडौं, १२ फागुन-नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ बिक्री दर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ १५ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ९१ पैसा र बिक्री दर १६२ रुपैयाँ ७३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४७ पैसा र बिक्री दर ८६ रुपैयाँ ९१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ११ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३४ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैँया ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४९ पैसा र बिक्री दर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर