रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे — OSNepal

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

LC (KTM) February 24, 2022 0

किभ–रुसी सैन्य फौजले युक्रेनको सीमा पार गरेको छ । रुसी फौज युक्रेनको पूर्वी क्षेत्र लुहान्सक र खार्किभ तथा उत्तरी चेर्निहिभ र सुमी क्षेत्रमा प्रवेश गरेको युक्रेनी सीमा सुरक्षा सेवा (डीपीएसयू) ले जनाएको छ ।

सीमा प्रवेश गरेर रुसी सेनाले तोप हानेको छ । आक्रमणमा डीपीएसयूका केही सुरक्षाकर्मी घाइते भएका छन् । शत्रुलाई रोक्न सबै कदम चालेको डीपीएसयूले जनाएको छ ।युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) का अनुसार रुसी सेना युक्रेन प्रवेश गर्दा उसका केही सुरक्षाकर्मी घाइते भएका छन् ।

युक्रेनका सीमा सुरक्षा बल र सशस्त्र सेनाले रुसी सेनालाई रोक्नका लागि सबै उपायहरू गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर