टाउको दुखेमा यसरी सेबन गर्नुहोस दालचिनी, यस्ता छन् अन्य फाइदाहरु — OSNepal

टाउको दुखेमा यसरी सेबन गर्नुहोस दालचिनी, यस्ता छन् अन्य फाइदाहरु

LC (KTM) February 24, 2022 0

काठमाडौँ- दालचिनी स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि उतिकै फाइदा जनक छ । यसलाई मसलाको रुपमा पनि प्रयोग गरिन्छ । यसका फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा चिनिन्छ । दालचिनीको बोक्रा हालेर चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।

यसले रुघाखोकीको ज्वरोमा एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ । दम खोकी निको गर्दछ । आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहानर दिउँसोर वेलुका खाने गरेमा ठिक हुन्छ।

यसका साथै कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाएर विहान र बेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ। घाँटी बसेमा सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २र४ पटक मै ठीक भएर आउँछ। दालचिनीले कोलस्टेरोल घटाउन महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर