एमसीसीको विषयमा साझा निणर्य लिन जसपाको बैठक बस्दै — OSNepal

एमसीसीको विषयमा साझा निणर्य लिन जसपाको बैठक बस्दै

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । एमसीसीको विषयलाई लिएर सत्ता गठवन्धनमा विवाद र्सिजना भएपछि संसद बैठक अगावै जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

एमसीसीको विषयलाई लिएर दुई धारमा विभाजन भएको जसपाले एमसीसीको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक अहिले १२ बजे बस्ने भएको छ ।

एमसीसीको विपक्षमा उपेन्द्र यादव समुह रहेको छ बाबुराम भट्टराई एमसीसीको पक्षमा रहेकमा छन् । पार्टीका प्रमुख सचेतक प्रमोद साहले दिएको जानकारी अनुसार एमसीसी विषयमा जे निणर्य लिए र पनि एउटै निर्णय लिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर