एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले आशंका बढाएयो : अध्यक्ष नेपाल — OSNepal

एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले आशंका बढाएयो : अध्यक्ष नेपाल

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । सत्तारुढ दल (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने स्पष्ट पारेका छन् ।

एमसीसी सम्झौतामा केहि प्रावधानहरु आपत्तिजनक रहेकोले विना संशोधन पास गर्न नसकिने अध्यक्ष नेपालले स्पष्ट पारेका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आपत्तिजनक रहेका केहि बुँदाहरु सच्याउन बारम्बार कुरा राख्दा पनि संशोधन गर्ने तयारी सरकार नभएको भन्दै उनले यस्तो अवस्थामा एमसीसी पास गर्न नसकिने बताएका हुन् ।

एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले यसप्रति अझ बढी आशंका बढाएको भन्दै उनले एमसीसी सम्झौतालाई संसदबाट यथास्थितिमाअनुमोदन गराउन नसकिने दावी गरेका हुन् ।

फागुन १२ गते संसदमा एमसीसी टेबल भएपछि अध्यक्ष नेपाल नेतृत्वको नेकपा एसले एमसीसीको विपक्षमा मतदान गर्ने भन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर