एमसीसीको विषयमा निर्णायक छलफल गर्न जसपाको बैठक सुरु — OSNepal

एमसीसीको विषयमा निर्णायक छलफल गर्न जसपाको बैठक सुरु

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको हो ।

सत्तासाझेदार दल जसपामा अमेरिकी सहयोग परियोजना ९एमसीसी० सम्झौताको विषयमा विवाद हुँदा यस विषयमा एउटै निणर्य लिने भन्दै आज केन्द्रीय कार्यकारी समितिको बैठक बसेको हो ।

साथै आज बसेको बैठकमा एमसीसी , पार्टीको विधान अधिवेशन, साथै वर्तमान समसामयिक राजनीतिक विषयवस्तुमा समेत छलफल हुने भएको छ ।

पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई एमसीसीको पक्षमा उभिँदा पार्टीका अध्यक्ष भने उपेन्द्र यादव भने विपक्षमा उभिँएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर