दुई दिन देखि वेपत्ता १२ वर्षीया बालिकाको शव खाल्डोमा गाँडेको अवस्थामा फेला, शंकास्पद दुई जना पक्राउ — OSNepal

दुई दिन देखि वेपत्ता १२ वर्षीया बालिकाको शव खाल्डोमा गाँडेको अवस्थामा फेला, शंकास्पद दुई जना पक्राउ

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । कक्षा-६ मा अध्ययनरत १२ वर्षीया करुणा राईको शव खाल्डोमा गाँडेको अवस्थामा फेला परेको छ । दुई दिन देखि वेपत्ता भएकी मोरङ जिल्लाको लेटाङ-८ ज्यामिरे टोलकी राईको शव टाङ नगरपालिका-८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले शव उत्खनन गरेर बाहिर निकाल्दा उक्त मृतक बालिका निर्वस्त्र अवस्थामा भेटिएपछि स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गरिरहेका छन् ।

जाते माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत करुणा बुधबार स्कुल गएपछि वेपत्ता भएकी हुन् । छोरी घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न रहेको अशंकामा शंकास्पद दुई जनालाई पक्राउ गरेको छ ।

मृतक बालिकाको शव उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको जंगलमा फेला परेको हो । शव गाडेको खाल्डो ढुंगाले छोपेको अवस्थामा फेलापरेपछि प्रहरीले उत्खनन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर