ललितपुरबाट निरज खड्गीसहित १२ जना जुवाडे पक्राउ — OSNepal

ललितपुरबाट निरज खड्गीसहित १२ जना जुवाडे पक्राउ

LC (KTM) February 25, 2022 0

ललितपुर १३ फागुन । ललितपुर महानगरपालिका-१२ टंगाल बस्ने निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गी लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ग्यारेजभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ६ सय ५५ रूपैयाँ, कौडा २ सेट, पासा २ सेट र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर