एमालेले सिध्याउँछ भन्ने चिन्ताले पनि पाँच दलीय गठबन्धनमा अहिले चुनाव गर्ने आँट छैन : अध्यक्ष ओली — OSNepal

एमालेले सिध्याउँछ भन्ने चिन्ताले पनि पाँच दलीय गठबन्धनमा अहिले चुनाव गर्ने आँट छैन : अध्यक्ष ओली

LC (KTM) February 25, 2022 0

पोखरा १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेको नेकपा माओवादीले एमसीसीको नाम तमासाको पनि हद पारेको गरेको बताएका छन् ।

सरकारमा पनि बस्ने सडकमा पनि ढुंगा हान्ने अनि अमेरिकालाई एमसीसी पास गर्ने भनेर पत्र पनि लेख्ने माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै ओलीले भने ।

पोखरामा आयोजित कार्यकर्ता परीक्षणमा कार्यक्रममा सहभागी हुन पोखरा पुगेका उनले यस्तो बताएका हुन् ।

‘एमसीसीका बारेमा फरकफरक कुरा आइरहेका छन् । टेबल गरेका छन् सभामुखले । बाहिर ढुंगामुडा छ । साना मसिना कुरामा अल्झिएका छन् । हामी देश बनाउने कुरामा समर्पित छौं ।’ उनले भने ।

एमालेले सिध्याउँछ भनेर पाँच दलीय गठबन्धन अहिले चुनाव गर्ने पक्षमा नभएको बताएका उनले प्रचण्डलाई लक्षित गर्दै भने, ‘प्रचण्डले समाजवाद, जनवाद आउँछ भनेर सपना देखाए । हिजो माओवादीले बर्बाद बनाएका बहिर्गमित लडाकुकको बारेमा हामीले सोच्नुपर्छ । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर