खोटाङमा कोभिड संक्रमितको संख्या ३६ मा झर्‍यो — OSNepal

खोटाङमा कोभिड संक्रमितको संख्या ३६ मा झर्‍यो

LC (KTM) February 25, 2022 0

खोटाङ, १३ फागुन -खोटाङमा कोभिड-१९ बाट सक्रिय संक्रमितको संख्या ३६ मा झरेको छ । बिहीबार ४१ जना सक्रिया संक्रमित रहेको जिल्लामा संक्रमण दर निरन्तर ओरालो लागिरहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । शुक्रबार थप पाँचजनाले संक्रमण जितेका हुन् ।

१० जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । सक्रिय संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् । जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्राे र तेस्राे लहरमा गरी हालसम्म तीन हजार चार सय ८८ जनालाई संक्रमण पुष्टि हुँदा निको हुनेको कुल संख्या तीन हजार चार सय ७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लाका एक लाख २१ हजार चार सय ३० जनाले पहिलो मात्राको र एक लाख सात हजार ४२ जनाले दोस्राे मात्राको खोप लगाइसकेका छन् । कोभिड-१९ को पहिलो र दोस्राे लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर