इण्डोनेशियामा शक्तिशाली भुकम्प , जनधनको ठुलो क्षती — OSNepal

इण्डोनेशियामा शक्तिशाली भुकम्प , जनधनको ठुलो क्षती

LC (KTM) February 25, 2022 0

इण्डोनेशियामा शक्तिशाली भुकम्प गएको छ । त्यहाँ ६ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको अन्र्तराष्ट्रिय समाचार स्रोतले जनाएको छ । सुमात्रा द्वीपमा शुक्रबार भूकम्प गएको हो । भूकम्पमा परि कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यस्तै, ८५ जना घाइते भएका छन् । विस्तृत विवरण भने आईनसकेको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु पश्चिम सुमात्रा प्रान्तको बुकिटिङ्गी शहरबाट ६६ किलोमिटर उत्तरपश्चिममा १२ किलोमिटर गहिराइमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको धक्का छिमेकी मुलुक मलेशिया र सिंगापुरमा पनि महसुस गरिएको थियो । भूकम्पमा करिब पाँच सय घर क्षतिग्रस्त भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर