सर्लाहीमा तिब्र गतिमा हुँइकिदै आएको मोटरसाइकल पुलमुनी खस्यो — OSNepal

सर्लाहीमा तिब्र गतिमा हुँइकिदै आएको मोटरसाइकल पुलमुनी खस्यो

LC (KTM) February 27, 2022 0

सर्लाही, १५ सर्लाही सर्लाहीको धन्कौलमा ‍‍मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् ।

शनिबार राति मधुवनी(नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका(२, स्थित लंगडा पुलमा प्रदेश २(०३(०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका(३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चौधरीको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा कौडेना गाउँपालिका(५, का दिपेश मुखिया घाइते भएका छन् । उनको भेनेस अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर